पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

23

काठमाडौं । कर्णाली चिसापानीस्थित पुलमा ट्रकमा आगलागी भएपछि राजमार्ग अवरुद्ध भएको छ।

सोमबार दिउँसो लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासी आगो लागेको थियो। कैलाली र बर्दिया जोड्ने पुलमा आगलागी भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो।

आगलागीका कारण सवारीसाधनहरु सडकमै रोकिएका छन्। प्रहरीका अनुसार अहिले पूर्व–पश्चिम राजमार्गमा चल्ने सवारीसाधन कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरिगाउँको वैकल्पिक मार्गमा पठाइएको छ।

ट्रकमा लागेको आगो पुलमा पनि सल्किएको छ। पुलका लठ्ठामा समेत आगो सल्केको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here