काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्तीमाथि हस्तक्षेप नगर्न निर्देशन दिनुभएको छ ।
माओवादी कन्ेद्रका नेता हरिबोल गजुरेलको नेतृत्वको अखिल नेपाल सुकुम्बासी संघको प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सरकारका सबै संयन्त्रलाई निर्देशन दिइसकेको जानकारी गराउनुभयो । ‘सुकम्बासी बस्ती उठाउन खोज्ने, वत्ति पानीको सुविधाबाट वञ्चित गर्नेजस्ता कामहरू तत्काल बन्द गर्न मैले निर्देशन दिइसकेको छु , कहीाकतै निर्देशन पालना नभएको भए मलाई जानकारी दिनुहोला ’ प्रचण्डले प्रतिनिधिमण्डललाई भन्नुभएको छ । प्रधानमन्त्रीले वर्षातको समयमा वैकल्पिक व्यवस्था सम्भव नभएकाले सुकुम्बासी वस्तीमाथि हस्तक्षेप नगर्न निर्देशन दिएको जानकारी दिनु हुादै सरकारले उचित व्यवस्थापन गर्ने वचन दिनुभएको छ । राज्यले जमिनको व्यवस्था गरेर सुकुम्बासी समस्या समाधान गर्ने पनि प्रचण्डले प्रष्ट पार्नुभयो । सुकुम्बासीलाई जमिनको व्यवस्था गर्न, सुकुम्बासी बस्तीमा बत्ती, पानी, बाटोजस्ता अत्यावश्यक सुविधा सहज बनाउन र भूकम्पपीडित सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्रबिना नै राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्णय गर्ने पनि उहााले वचन दिनुभएको छ ।
प्रधानमन्त्रीले गरिबका लागि सरकार’को कार्ययोजना उत्पीडितका पक्षमा काम गर्ने प्रतिवद्धतासहित आएको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुकुम्बासीलगायत उत्पीडित समुदायलाई प्राथमिकता दिइने जनाउनुभयो । सुकुम्बासी संघका प्रतिनिधिहरूले सुकुम्बासीलाई भौगोलिक मापदण्डअनुसार जमिन वितरण गर्न, उच्चस्तरीय आयोगमामार्फत् सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न, भूकम्पपीडित सुकुम्बासीलाई सहज रूपमा राहत उपलब्ध गराउने, विकासका आधारभूत पूर्वाधारको व्यवस्था गर्ने सुकुम्बासीका सन्ततिलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने काममा प्रधानमन्त्रीको ध्यानकर्षण गराएका छन् । यसअघि नेकपा–क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणको नेतृत्वको प्रतिनिधिमण्डलले पनि प्रधानमन्त्री प्रचण्डलाई सुकुम्वासी समस्या समाधान गर्न र दमन रोक्न माग गर्दै ज्ञापनपत्र वुझाएको थियो ।


















