दुष्प्रचारको सिकार बन्दै प्रचण्ड सरकार

273

माओवादी केन्द्रको मौनता भने आश्चर्यजनक

काठमाडौ/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार निर्माणको प्रक्रिया सुरु भएसागै प्रचण्ड र उहााले नेतृत्व गरेको सरकारका विरुद्ध सुरु भएको दुष्प्रचार अभियानले चरणवद्ध रूपमा गति लिादै गएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको बर्हिगमनबाट सुरु भएको प्रचण्डविरुद्धको दुष्प्रचारले हालै सरकारले दुई छिमेकी मुलुकमा सम्बन्ध विस्तारका लागि भन्दै विशेषदूत पठाईसक्दासम्म पनि अधैर्यता छोडेको छैन । प्रचण्डले विगतमा छिमेकी मुलुक भारतसाग बिग्रिएको सम्बन्ध सुधार तथा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणको चााजोपााजो मिलाउन र छिमेकी मुलुक चीनका राष्ट्रपतिको छिट्टै हुने भनिएको भ्रमणको वातावरण तयार गर्न भन्दै दुई उपप्रधानमन्त्रीहरू कृष्णबहादुर महरा र विमलेन्द्र निधिलाई विशेषदूतका रूपमा चीन र भारत पठाएपछि पनि प्रम प्रचण्डका विरुद्ध दुष्प्रचार अभियान रोकिएको छैन ।

प्रधानमन्त्री प्रचण्डले विशेष दूतका रूपमा उपप्रधानमन्त्री निधिलाई भारत पठाएपछि त विशेषदूतमार्फत प्रचण्डले नेपालको महत्वपूर्ण आयोजना भनिएको दु्रतमार्ग (फास्ट ट्रयाक) तथा निजगढ विमानस्थल निर्माणको जिम्मा भारतलाई दिने सहमति भएको भनेरसमेत व्यापक प्रचार भइरहेको छ । विगतमा पनि कतिपय संघसंस्था तथा व्यक्तिहरू माओवादीलाई प्रचार युद्धमार्फत समाप्त पार्न लागेकै हुन् । हालै निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई विगतकै शैलीमा कमजोर बनाउने योजना अनुसार प्रचारयुद्ध सुरु भएको बुझ्न सकिन्छ । पछिल्लो समय सरकार र प्रधानमन्त्री प्रचण्डका विरुद्ध आउने गरेका समाचारहरूप्रति प्रम प्रचण्डले आधिकारिक रूपमा कुनै प्रतिक्रिया जनाउनु भएको छैन । तथापि नभएका काम कुराहरूलाई समेत भएको जस्तै गरी प्रचार गर्ने गोयवल्स शैलीका कारण सरकारले गरिरहेका सकारात्मक कामहरूसमेत ओझेलमा परेका छन् ।

प्रम प्रचण्ड र उहााले नेतृत्व गरेको सरकार र सिंगो माओवादी केन्द्रका विरुद्ध प्रचारयुद्ध सुरु भइरहादा माओवादी केन्द्रले भने आश्चर्यजनक रूपमा मौनता देखाएको छ । माओवादीलाई कमजोर बनाउनका लागि विगतमा भएका प्रचारयुद्धका बारेमा राम्रै जानकार रहेको माओवादी र स्वयम् अध्यक्ष प्रचण्डसमेत यस विषयमा मौन रहादै आएकाले एकातर्फ सरकारका विरुद्ध गलत प्रचारले गति लिइरहेको छ भने अर्कोतर्फ सरकार, माओवादी केन्द्र तथा यसका अध्यक्ष प्रचण्डको समेत मानमर्दन भइरहेको छ । प्रम प्रचण्डले आफ्ना विरुद्ध भइरहेका गलत प्रचारबारे मौन रहादा सरकारको नौ महिने कार्यकालसागै माओवादी केन्द्रको भविष्य के हुने हो माओवादी पंक्तिमा संशय पैदा भएको छ ।

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै केही सकारात्मक कामहरू अघि बढाइरहनुभएको छ । विदेशमा अलपत्र परिरहेका नेपालीहरूलाई उद्धारको पहल गर्नु, एक वर्षभन्दा पहिलेदेखि तीव्र गतिमा मौलाईरहेको कालोबजारीलाई नियन्त्रणका लागि कडा कारवाही सुरु गर्नु, लिकभन्दा बाहिर जान लागेका मधेशी दलहरूलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन प्रयास गर्नु, भूकम्प पीडितहरूलाई राहतको प्रक्रियालाई तीव्र गतिमा अघि बढाउनु तथा कर्मचारीहरूलाई जवाफदेही बनाउन पहल सुरु गर्नु ओली नेतृत्वको सरकारले गर्न नसकेका सकारात्मक कामहरू हुन् । यी कामहरू पछिल्ला केही वर्षयताका कुनै पनि प्रधानमन्त्रीले गर्न सकेका थिएनन् । कमसेकम प्रचण्ड नेतृत्वको सरकारबाट भइरहेका जनपक्षीय कामहरूको पक्षमा र प्रचण्डकै विरुद्ध भइरहेको दुष्प्रचारका विरुद्धमा माओवादी केन्द्रले मौनता नदेखाउनुपर्ने हो ! सर्वत्र आश्चर्य मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here