काठमाडौंका विनिन्न स्थानमा धानमाल चोरी

341

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर सेतिओपी मार्ग डेरा गरी बस्ने उदयपुर लिम्सुम्बुङ गाउँपालिका-४ घर भएका तारामणी राईको कोठाबाट नगद १ लाख रुपैयाँ र सुनका गहना समेत गरी करिब २ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-८ शेषमती भेटघाट चोक डेरा गरी बस्ने धादिङ्ग गंगाजमुना गाउँपालिका-७ घर भएका सुजन न्यौपानेको कोठाबाट कोही नभएको अवस्थामा नगद ७० हजार रुपैयाँ र सुनका बिभिन्न गहना समेत गरी
करिब १० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here