ओनसरी घर्ती पहिलो महिला सभामुखमा निर्वाचित यादव उपसभामुख

297

काठमाडौँ, ३० असोज । नयाँ संविधान लागू भएपछि व्यवस्थापिका–संसद्ले एमाओवादी नेतृ तथा सभासद ओनसरी घर्तीलाई सभामुख पदमा निर्वाचित गरेको छ । घर्ती पहिलो महिला सभामुख पनि बनेकी छिन् । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा उक्त पदमा नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरको पनि उम्मेदवारी परेको थियो तर उनले उम्मेद्वारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएकी हुन् । संसद बैठकको अध्यक्षता गरिहेका जेष्ठ सदस्य लक्ष्मण राजवंशीले घर्तीलाई सो पदमा एक मात्र प्रस्ताव कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । निवर्तमान उपाध्यक्ष घर्तीको प्रस्तावकमा नेकपा एमालेका सांसद विद्यादेवी भण्डारी र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद् कुन्तीकुमारी शाही र बहुजन शक्ति पार्टीका सांसद् विश्वेन्द्र पासवान थिए । घर्ती्लाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि समर्थन गरेको थियो ।

यसैबीच व्यवस्थापिका–संसद्को उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद गङ्गाप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । उक्त पदमा एकमात्र उम्मेदवारी रहेकाले यादव निर्विरोध निर्वाचित भएका हुन । उनलाई निर्वाचित गरियोस् भनी नेकपा एमालेका सांसद शत्रुधन महतोले प्रस्ताव प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here