चीनले नेपाललाई निम्तो गर्न छोडेकै हो त ?

61

काठमाडौं /  ‘बोआओ फोरम फर एसिया’ को यसपटकको सम्मेलनमा चीनले नेपाललाई निम्तोसम्म गरेन ।  प्रत्येक वार्षिक सम्मेलनमा नेपालका कार्यकारी प्रमुखहरुको विशिष्ट उपस्थिति रहने सम्मेलनमा चीनले निम्तोसम्म नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चीनले नेपाललाई निम्तो गर्न छोडेकै हो त ?

बोआओ सम्मेलन मार्च २६ देखि २९ तारिखसम्म चीनको हैनानमा हुँदैछ। बोआओ अष्ट्रोलएसियन देशको आर्थिक, एकीकरण, आपसी सहयोग, समाज रुपान्तरण र वातावरणको क्षेत्रमा काम गर्ने संस्था हो । नेपालका राजा वीरेन्द्रसहित धेरै कार्यकारी प्रमुखहरुले बोआओ सम्मेलनमा यसअघि विशिष्ट सहभागिता जनाइसकेका हुन । एसीया–प्रशान्त रणनीतिको पूर्वाधार तयार गर्न नेपाल र अमेरिकाबीच दौडधुप चलिरहेको बेला बोआओमा नेपाललाई निम्तोसम्म नहुनु संजोगमात्र मान्न सकिन्न ।

एसियाको ‘डाबोस’ सरह मानिने यो सम्मेलनमा एसिया र अष्ट्रेलियासहित २६ देशको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here