काठमाडौं । युवा अलराउन्डर बसिर अहमदको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
बैजनाथपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । उसका लागि नारायण जोशीले २२ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रन बनाए ।
शुक्रबार नै दोस्रो सेमिफाइनल खेलमा लुम्बिनी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।