सुनचाँदीको मूल्यमा गिरावट

9

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा सोमबार घटेर १ लाख २४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँबाट घटेर १ लाख २३ हजार ९ सय रुपैयाँमा झरेको छ । यता, चाँदी प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार गर्न सकिने महासङ्घले जनाएको छ । यसअघि चाँदीलाई प्रतितोला १ लाख ५ सय ३० रुपैयाँ तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here