उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता

10
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदानका लागि लाइनमा बस्दै कर्णाली प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु। तस्बिर: सुरेश आचार्य / रासस

काठमाडाैं । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २० दल दर्ता भएका छन् ।

सोमबार निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनका लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए  ।

प्रवक्ता पौडेलले बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएका हुन् ।

दर्ता भएका दल मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशका लागि उम्मेदबारी दर्ता गरेकाे छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here