काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले नेपालका ७३ प्रतिशत परिवारले स्मार्ट फोन प्रयोग गरेको जनाएको छ ।
नेपालका ६६ लाख परिवारमध्ये ४८ लाख ६२ हजार परिवारसँग स्मार्ट फोन रहेको राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख गरेको हो ।
२०७८ मा भएको जनगणना अनुसार ४९.४ प्रतिशत परिवारसँग टेलिभिजन हुँदा १५ प्रतिशत परिवारसँग कम्प्युटर रहेको छ।
त्यस्तै, ३७.८ प्रतिशत परिवारको घरमा इन्टरनेट जडान रहेको पनि ताजा तथ्यांकले देखाएको छ।

















