काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व उत्साहजनक रहेको जनाएका छन् ।
शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशहरूको उपस्थिति वा प्रतिनिधित्व मानव अधिकार र न्यायका मूल्य मान्यता, आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिबद्धतासमेत रहेको जनाए।
न्याय क्षेत्रमा महिलाको उचित सहभागिताले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार हुने पनि उनले जनाए ।


















