काठमाडौं । छिमेकी मुलुक भारतमा हालै एउटा अनौठो घटना भएको छ । उत्तर प्रदेशस्थित कुक्राइल जंगल क्षेत्रमा एक दम्पत्तिलाई धुम्रपान गर्नबाट रोक्न खोज्नु वन कर्मचारीका लागि निकै महंगो सावित भएको छ ।
ती वन कर्मचारीले वनक्षेत्रमा चुरोट सेवन नगर्न भनेपछि रिसले आक्रोसित एक महिलाले वन उनको कानमा टोकेर सख्त घाइते बनाइदिइन् । गत शनिबार दिउसो सो घटना भएकोमा आइतबार मात्रै स्थानीय पुलिस चौकीमा त्यसको उजुरी परेको जनाइएको छ ।
उनले भनेका छन्, ‘वादविवादकै क्रममा महिलाले ममाथि आक्रमण गरिन् र मेरो एउटा कानमा जोडसँग टोकिदिइन् । म त्यहाँ एक्लो तथा घाइते अवस्थामा थिएँ र सहयोगका लागि गुहार मागेँ । तर आसपासमा कोही पनि थिएन । रगताम्मे अवस्थामा म रोइकराइ गर्न थालेपछि आक्रमणकारी जोडी त्यहाँबाट स्कुटर लिएर भाग्यो ।’
टोकाइबाट उनको दायाँ कानमा गहिरो घाउ बनेको छ। प्रहरीले अभियुक्तहरुको खोजीकार्य जारी राखेको छ भने आक्रमणमा परेका वन कर्मचारीको उपचार भइरहेको छ। एजेन्सीको सहयोगमा


















