मिराज ढुंगाना प्रहरीकाे नियन्त्रणमा

18

काठमाडौं । जेन जी आन्दोलनका अगुवामध्ये एक मिराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन जान लागेका ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले सिंहदरबार नजिकैबाट नियन्त्रणमा लिएको हो । निषेधित क्षेत्रमा जबरजस्ती छिर्न खोजेपछि केही समय नियन्त्रणमा लिएर अहिले छाडिसकिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय कार्की सरकारप्रति विभिन्न जेन जी समूह असन्तुष्ट छन् । आफ्ना मागहरू सरकारले सम्बोधन नगरेको भन्दै केही समूहले कार्कीको राजीनामासमेत माग्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here