बलात्कारका घटना बढेको हो कि बाहिर आउने क्रम बढेको हो ? – अध्यक्ष राजथला

183

काठमाडौं / क्रियाशिल पत्रकार महिला (WWJ) काठमाडौंले बालिका बलात्कार विषयक छलफल कार्यक्रम गरेको छ ।

हरेक दिन महिला हिंसा र हत्या तथा बलात्कारका घटना बढीरहेका बेला ‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराको साथ नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला यहि अभियान अन्तर्गत  क्रियाशिल पत्रकार महिला (WWJ)ले सन्डे क्लब अन्तर्गत सो कार्यक्रमको आयोजना गरेको थियो ।

बालिका बलात्कार गर्नेलाई हुने गरेको फितलो कारवाहीका कारण बलात्कारका घटना बढ्दै गइरेहेको अनुभव गर्न सकिन्छ । पीडितले न्यायको लागि कहिं कतै बोल्न समेत सकिरहेका छैनन् । बोल्ने कतिपयलाई पनि धम्की र डर देखाउने गरिन्छ, जसका कारण यस्ता घटनाले कानुनी उपचारको बाटो बन्द भएको बुझ्न सकिन्छ ।

उक्त कार्यक्रममा रक्षा नेपालका अध्यक्ष मेनुका थापा, सिडब्लुआइएनका पविन सुवेदी, अधिवक्ता शर्मिला श्रेष्ठ र पत्रकार एवं अधिकारकर्मी अमृता लम्साल स्रोत व्यक्तिका रुपमा हुनुहुन्थ्यो ।

Image may contain: 3 people, people sitting

रक्षा नेपालका अध्यक्ष मेनुका थापाका अनु्सार पीडित बालिकाहरु आफ्नो पीडा लिएर शोषित भएर संस्थामा आउने गरेका छन् । आफ्नो अनुभव सुनाउँदै उहाँले बलात्कारका यस्ता घटना दर्ता गर्ने क्रममा घटनाले कस्तो रुप लिन्छ भन्ने विषयमा प्रहरीको मुद्दा दर्ता फाँटमा बस्ने प्रहरीको स्वविवेक र क्षमतामा भर पर्ने कुरा भएको जनाउनुभयो ।

उहाँले १० वर्ष मुनिका बालिका बलात्कारका घटनामा अभियुक्तको नाम भन्न नसकेर प्रमाण नपुग्ने र अपराधीहरुले उन्मुक्ति पाउने गरेकोमा दु:ख व्यक्त् गर्नुभयो ।

सिडब्लुआइएनका पविन सुवेदीले पीडितलाई कानुनले न्याय दिन खोजेको देखिए पनि पीडितले न्याय महसुस गर्ने गरी न्याय दिने संरचना र अभ्यास नभएको जनाउनुभएको छ । उहाँले पीडित बालबालिकाको हिंसाका घटना अझ शहर बजारमा धेर हुने गरेको जनाउनुभयो ।

पत्रकार अमृता लम्सालले सामाजिक सञ्जालहरुबाट समेत यस्ता घटनाविरुद्ध बोल्दा दबाब आउने गरेको जनाउनुभएको छ । उहाँले पत्रकारहरुले यस्ता पीडितलाई न्याय दिलाउन अग्रसर हुने कार्य गर्दा आरोप समेत खेप्नु परेको जनाउनुभएको छ ।

Image may contain: 4 people, people sitting and indoor

अधिवक्ता शर्मिला श्रेष्ठले हिंसाका घटना कारवाहीबारे कानुन प्रभावकारी भएपनि कार्यान्वयन प्रभावकारी नभएको जिकिर गर्नुभएको छ । । बलात्कारका घटनामा प्रत्यक्ष सरोकार राख्ने प्रहरीदेखि वकिल, न्यायाधिस, न्यायलय सबै संवेदनशिल नभएको उहाँको भनाइ छ ।

क्रियाशिल पत्रकार महिला (WWJ) का अध्यक्ष अमिका राजथलाले पछिल्लो समय बालिका बलात्कारका घटनाका समाचारहरु दैनिक जसो आइरहेको भन्दै घटना बढेको हो कि बाहिर आउने क्रम बढेको भन्ने बारे अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here