‘ग्लोबल मनी वीक २०२४’को १२ औं संस्करणमा  वित्तीय साक्षरता कार्यक्रम

6

काठमाडाैं । कुमारी बैंकले ‘ग्लोबल मनी वीक २०२४’को १२ औं संस्करणमा  वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ सम्पन्न कार्यक्रममा ५ हजार ४ सयभन्दा बढीको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतीका सिकार हुन पुगेका वा हुनसक्ने सम्पूर्ण समुदायहरूमा वित्तीय ज्ञानका लागि कार्यक्रम केन्द्रित थियो ।
वित्तीय कलामा सुधार ल्याई अब्बल वित्तीय मनोवृत्ति प्रबर्द्धनमार्फत कुशल वित्तीय व्यवहार विकासलाई बैंकले प्रमुख लक्ष्य बनाएको छ ।

बैंकले ग्लोबल मनी वीकको सप्‍ताहभर देशैभरि रहेका आफ्ना शाखा कार्यालयहरूबाट १२३ वटा वित्तीय साक्षरता प्रबर्द्धनका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो ।

जसमा ५ हजार ४ सयभन्दा बढी विद्यार्थी, विभिन्न संघसंस्था तथा समुदायमा आबद्ध सर्वसाधारणहरूले सहभागिता रहेको बैंकले जनाएको छ ।

कुमारी बैंकद्वारा अभियान अवधिभरमा कार्यान्वयनमा ल्याइएका सामग्रीहरू तथा सञ्चालन गरिएका विषय केन्द्रित क्रियाकलापहरूले ग्लोबल मनी वीकको १२ औं संस्करणलाई जीवन्तता प्रदान गर्न सफल भएको बैंकको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here