उपत्यकाकाे विभिन्न स्थानमा धनमाल चोरी

7

काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-३ धनेश्वर हाउजिङ पुल नजिकै बस्ने पर्वत वियादी गाउँपालिका-१ घर भएका शम्भु शर्मा सिलवालको घरबाट सुनका विभिन्न गहना तथा नगद गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० कपन मिलन चोक बस्ने ७० वर्षीया शान्ता लम्सालको घरबाट कोही नभएको अवस्थामा नगद १२ लाख रूपैयाँ तथा सुनका विभिन्न गहना गरी करिब १९ लाख रूपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं महानागरपालिका-५ हाडिगाउँ डेरा गरी बस्ने गोरखा सिरानचोक गाउँपालिका-२ घर भएका ४५ वर्षीया गोमा परियारको कोठाबाट सुनका विभिन्न गहना गरी करिब २ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

भक्तपुर, मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-९ घर भएका २८ वर्षीय भुवन भण्डारीको कोठाबाट सुनका विभिन्न गहना तथा नगद ७० हजार रूपैयाँ गरी करिब ९ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here