आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

14

काठमाडौं । लमजुङ, मर्स्याङ्दी गाउँपालिका-३ खुदीस्थित पसल गरी बस्ने डिल बहादुर सुनारको न्यु सुर्योदय सुनचाँदी पसलमा ग्याँस लिक भई बुधबार दिउँसो आगलागी हुँदा र्‍याक, बिजुली वाईरिङ्ग, सोकेस लगायत विभिन्न सरसामानहरू जलेर करिब १५ लाख १८ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-६ गुठीप्रसौनी बस्ने रामनरेश पासीको घरमा खाना पकाउने क्रममा बुधबार राति लागेको आगो फैलिएर निज समेत ३ जनाको ५ वटा घर पूर्णरुपमा र १ वटा घर आंशिक रूपमा जली क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन् ।

ओखलढुंगा, चिशंखुगढी गाउँपालिका-७ खानिगाउँ बस्ने शेषराज दाहालको घरमा बुधबार राति आगलागी हुँदा करिब ११ लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय वासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here