सुकुन्दा साहित्य पाःलाः द्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोउत्सव मनाइयो

27

काठमाडौं । काठमाडौं रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पाःलाद्वारा दाेस्राेपटक महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्मोत्सव मनाएको छ ।

साे कार्यक्रम भर्खरै बित्नु भएका महाकवि गिरिजाप्रसाद जोशीका शिष्य लगायत नेपालका प्रथम केमीकल इन्जियर राजदास श्रेष्ठले नेपालभाषाको साहित्यिक क्षेत्रमा दिनु भएको योगदानको गुणानुस्मरण तथा गहिराे सम्वेदना प्रकट गरी १ मिनेट मौनधारणा बसेर सञ्चालन भएको थियो ।

सुकुन्दा साहित्य पाःलाको इतिहासमै प्रथम पटक अनलाइन जुम मार्फत भएको कार्यक्रमका प्रमुख अतिथि वल्र्ड नेवाः अर्गनाइजेशनको संस्थापक अध्यक्ष डा. बालगोपाल श्रेष्ठ महाकवि गिरिजा प्रसाद जोशीले आफु हाई स्कूल हुँदा भाग्योदय मा.वि.मा शिक्षक भई नेपालभाषा विषय अध्यापन गराउनुका साथै हप्तामा दुई पटक साहित्यिक कार्यक्रम लगायत हस्त लिखित पत्रिका प्रकाशित गर्नुका साथै उहाँकै उपस्थितिमा भाषा, साहित्य मूज्या खलः गठन गरि विविध साहित्यिक कार्यक्रम महाकवि गिरिजा प्रसादको संलग्नामा जनताको गीत रचना गरि गाउन लगाउन लगाएर अधिकाशलाई प्रेरणा दिएको जनाए ।

प्रमुख अतिथि श्रेष्ठले महाकविकै प्रेरणामा आफूले साहित्यिक सृजना अहिलेसम्म गरिरहेका जनाए । उनले निस्वार्थ भाषासेवी राजदास श्रेष्ठको निधनप्रति गहिरो क्षति भएको धारणा राखे ।

रत्न राज्यलक्ष्मी क्याम्पसबाट नेपालभाषाबाट चौथा तह अध्यापन पूरा गरेका रुपा शाही, साहित्यकार रामोश श्रेष्ठ, सुकुन्दा साहित्य पाःलाःका सचिव एवम् संयाजेक रिदेन महर्जनका साथै प्रशान्त डंगोलले आ आफ्नो साहित्यिक सृजना प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रमको संयोजक रिदेन महर्जनले साहित्य नै विकासकाे बाटाे रहेकाे जनाउँदै आफूहरुले सञ्चालन गर्दै आइरहनु भएको नेपालभाषा अभियान जानकारी गराए ।

कार्यक्रम संयाेजक महर्जनले आउँदा दिनहरूमा नेपालभाषा साहित्यक क्षेत्रमा अतुल्नीय योगदान दिनु भएका महान् व्यक्तित्वहरूकाे कदर स्वरूप अझै सशक्त ढंगबाट साहित्यिक कार्यक्रमहरु गर्दै जाने धारणा राखे ।

कार्यक्रमका सभाअध्यक्ष प्रशान्त डंगोलले व्यस्त समयका बावजूट पनि कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिदै  समापन गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here