आज छापावाला सुनको मूल्यमा बृद्वि

19

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक सयले बढेको छ। सोमबार प्रतितोला रु. एक लाख ३६ हजार दुई सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु. एक लाख ३६ हजार तीन सय निर्धारण भएको छ।

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु. एक लाख ३५ हजार पाँच सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु. एक लाख ३५ हजार छ सय ५० निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्यमा भने कुने परिवर्तन भएको छैन। महासङ्घले आज चाँदीको मूल्य तोलामा रु. एक हजार सय ८५ निर्धारण भएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here