काठमाडौं । मोरङ, बिराटनगर महानगरपालिका-११ स्थित रतना होटलको क्यासिनोमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा एसि, बेन्च, टेवल, सिसिटिभी क्यामेरा २ थान, मेन स्विच बक्स समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सोलुखुम्बु, महाकुलुङ गाउँपालिका-२ भिरथात्ला बस्ने ४२ वर्षीय मनोज कुमार राईको भान्सा घरमा बुधबार दिउँसो आगलागी हुँदा भान्सा घर पूर्ण रूपमा तथा भान्सा घरसँगै जोडिएको घर आंशिक रूपमा जलेर करिब ४ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै आगो निभाउने क्रममा जलेर घाइते भएका मनोज कुमारको बुबा ६८ वर्षीय बिर्तामान राईलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ पठाइएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















