धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

32

काठमाडौं । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जनाए ।

घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी मिश्रले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here