काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ। बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।




















