जसपा नेपालको कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ

6

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठले पाएका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादव विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन शनिबार अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता श्रेष्ठले पाएका हुन् ।

अध्यक्ष यादवले आफू स्वदेश नआउञ्जेलसम्मको लागि कार्यवाहक अध्यक्ष भई कार्य गर्न श्रेष्ठलाई जिम्मेवारी तोकेका छन् ।

अध्यक्ष यादवको अनुपस्थितिमा नेता श्रेष्ठले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here