ब्लड बैंक युगान्डासँग सहकार्यमा १ सय९ जनाले दिए रक्तदान

26

युगान्डा ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युगान्डाको आयोजनामा ब्लड बैंक युगान्डासँग सहकार्य गरी आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका छन् ।

युगान्डाका लागि नेपाली मानार्थ वाणिज्य दूत डा. सुधीर रुपारेलियाको कम्पाला प्यारेन्ट्स स्कुलमा राखिएको रक्तदान कार्यक्रममा १०९ जना रक्तदाताले रक्तदान गरेका हुन् ।

एनआरएनएकै सबैभन्दा कान्छो उमेरमा नेतृत्व गरिरहेकी गैर आवासीय नेपाली सङ्घ युगान्डाकी अध्यक्ष रमा अर्यालबाट सुरु गरिएको रक्तदान कार्यक्रममा पूर्व अध्यक्ष विनोद थापा, पूर्व वरिष्ठ उपाध्यक्ष धनराज गिरी, पूर्व सह-कोषाध्यक्ष कल्पना अर्याल, वरिष्ठ उपाध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष तारा गिरी, महासचिव राजु थापा, कोषाध्यक्ष मालती राना, युवा संयोजक मुकेश मेहता, हस्तबहादुर थापा, नारायण बोहरा, बिणा थापा, रबिन्द्र थापा, राजेश कँडेल, गोकर्ण श्रेष्ठ लगायत नेपालीहरूको कार्यक्रममा उल्लेख्य भूमिका थियो ।

गैर आवासीय नेपाली सङ्घ युगान्डाले आयोजना गरेको उक्त कार्यक्रम नरेन शर्मा, बिणा थापा, मालती राना, मुकेश मेहता, एक्युरेट सेक्युरिटी, साइन कुजिन रेस्टुरेन्ट, हिमालयन रेस्टुरेन्ट, नेपालय रेस्टुरेन्ट, फुड प्लानेट, युगान्डाका लागि नेपाली वाणिज्यदूत डा. सुधीर रुपारेलिया, एस. आर. सलुन लगायतले प्रायोजन गरेका थिए ।

युगान्डामा रहेका नेपालीहरूबाट यस्ता सामाजिक परोपकारी कार्यबाट सिक्न र यस्ता कार्यलाई सहयोग गर्नुपर्ने भन्दै इन्डियन एसोसिएसन, पाकिस्तान एसोसिएसन लगायत भारतका विभिन्न प्रदेशका विभिन्न संस्थाहरूबाट समेत प्रायोजकका रूपमा सहयोग मिल्नुको साथै स्थानीय समुदायको पनि उल्लेख्य उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here