‘टाइटानिक’ काअभिनेता बर्नार्ड हिलको निधन

31

काठमाडाैं । हलिउड चर्चित  चलचित्र ‘टाइटानिक’ का अभिनेता बर्नार्ड हिलको निधन भएको छ। ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिकामा देखिएका उनको ७९ वर्षमा उमेरमा निधन भएको हो।

बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले उनको मृत्यु मे ५ (आइतबार) काे बिहान भएको पुष्टि गरेका छन्। तर, बर्नार्डको मृत्युको कारण भने खुलाइएको छैन।
बर्नार्ड ११ अस्कार जित्ने दुई चलचित्रमा  अभिनय गर्ने एक मात्र चलचित्र स्टार थिए। उनले सन् १९९७ मा रिलिज भएको ‘टाइटानिक’ र २००३ मा रिलिज भएको ‘लर्ड अफ द रिङ्स’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यी दुवै फिल्मले ११–११ ओस्कर अवार्ड जितेका थिए।
बर्नार्डको निधनमा को-स्टार बारबरा डिक्सनले दु:ख व्यक्त गरेकी छिन्।

‘बर्नार्ड हिलको निधन भएको कुरा अत्यन्तै दु:ख का साथ जानकारी गराउँछु। हामीले सन् १९७४ मा विली रसेलको शो ‘जोन पल जर्ज रिङ्गो एन्ड बर्टु’ मा सँगै काम गरेका थियौँ। उहाँ एक अद्भुत अभिनेता हुनुहुन्थ्यो। उहाँसँग भेट्नु र काम गर्न पाउनु सम्मानको कुरा हो,’उनले एक्समा लेखेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here