काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानी विदेशमन्त्री कामिकावा योकोले शिष्टाचार भेट गरेकी छन्।
आइतबार साँझ राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेल र विदेशमन्त्री योकोबीच भेटवार्ता भएको हो।
भेटका क्रममा नेपाल र जापानबीच रहिआएको द्वीपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि महत्वपूर्ण विकास साझेदारको रुपमा रहेको उल्लेख गर्दै दुई देशबीच आगामी दिनमा पनि सहकार्य थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए।


















