‘कथाभित्रको गोल गोलभित्रको आगो’

53
  • गिरिजाप्रसाद जोशी

कसरी हो खै आजकाल थाहा छैन मेरो

आँखाले

भित्र भित्रसम्म देख्ने गर्छ

देख्छ मानवभित्रको मुटु

मुटुभित्रको कथा

कथाभित्रको एक टुक्रा निभेको गोल

देख्छ मेरो आँखाले मान्छे

मान्छेभित्रको मुटु

मुटुभित्रको कथा

कथाभित्रको गोल

गोलभित्रको आगो

आगोभित्रको राप

रापभित्रको शान्ति

शान्तिभित्रको विस्फोट अनि विस्फोटभित्रको ध्वस्त नष्ट सहर

थाहा छैन अनि त्यो सहरमा

मेरो आँखालाई के गर्ने रहर देखिरहेछु कसरी हो मेरो आँखाले गोलभित्रको आगो

ढुङ्गाभित्रको आगो

अहो यहाँ त जुनसुकै चिजमा रहेछ

आगोको बीज । “

महाकवि गिरिजाप्रसाद जोशीका नेपालभाषाबाट अनूदित कविता मधुपर्कबाट

 

अनुवादक : डा. बालगोपाल श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here