बढ्याे सुनकाे भाउ

33

काठमाडौँ,  जेठ ७ गते । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. नौ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु. एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु. एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा रु. ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here