प्रभु बैँक र न्यु होटल पिस प्यालेसबीच सम्झौता

32

काठमाडौं । प्रभु बैँककाकर्मचारी तथा ग्राहक वर्गहरुलाई बाग्लुङ स्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्नसम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालकनिलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैँकका गण्डकी प्रदेश प्रमुख तथा प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैँककाकर्मचारी तथा ग्राहक वर्गहरुले बैँक सँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बाग्लुङ जिल्ला नेपालको उत्तरी र दक्षिणी भागकालागिव्यापारिक केन्द्रका रुपमा चिनिन्छ।

अन्नपुर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुकालागि ट्रान्जिट सेन्टरको रुपमाकामगरिरहेको बाग्लुङ्गझोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचितछ। धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाकामनोरम दृश्य अवलोकनका लागि लोकप्रियबाग्लुङ्ग ट्रेकिङ, बाइकिङ, र्‍याफ्टिङ तथा साहसिक चाहनेहरुका लागि उत्तम गन्तव्य स्थानका रुपमा लिइन्छ।

कालिका भगवतीमन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबारजस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचित छ। त्यस्तै बाग्लुङ्गको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्रइजाजतप्राप्तशिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाईन्छ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथाहालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफदि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here