प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमले आम छोरीहरूको अपमान

29

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरूको अपमान गरेको टिप्पणी गरेका छन्।

सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ। सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नै छोरीहरूको अपमान गरेको बताएका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो अपमान हुने खालको बजेट निवियोजन गर्नुभन्दा त्यसलाई हटाउन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए।

सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।

उनले भूकम्पले थला परेका कतिपय नागरिकका लागि अझै पनि बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरे।

सांसद बलायरले सरकारले भूकम्प पीडितहरूको राहतमा एकरूपता ल्याउन नसकेको आरोप पनि लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here