टिकटक खोल्न माग

34

काठमाडौं । प्रतिनिधि सभा सदस्य असिम साहले टिकटक खोल्न माग गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नियन्त्रित र व्यवस्थित रुपमा टिकटक खोल्न माग गरेका हुन्।

अश्लिलता फैलिएको भन्दै गत कात्तिक २७ गते सरकारले टिकटक प्रतिबन्ध गरेको थियो। टिकटक प्रतिबन्ध गरेर समाजमा अपराधका घटनामा के कति कमी आए त? भन्दै उनले सरकारसँग तथ्यांक माग गरे।

९० लाखले टिकटक चलाइरहेको अवस्थामा अहिले पनि भीपीएन प्रयोग गरी ५० लाखले चलाइरहेको भन्दै अभिव्यक्ति स्वतन्त्रतालाई मध्यनजर गर्दै उनले टिकटक खोल्न माग गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here