काठमाडाैं । नेपाल फिलिपिन्स् सोसाइटीले दीक्षालय नेपाल फाउन्डेशनसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
दीक्षालय नेपाल फाउन्डेशनको विद्यालय परिषरमा आयोजना गरिएको शिविरमा ७०० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा अत्याधुनिक उपकरण सहित बिभिन्न स्वास्थ्य विशेषज्ञ सहभागी थिए।
शिविरमा स्त्रीरोग, हाडजोर्नी तथा दुखाई सम्बन्धी, हृदयरोग तथा पल्मोनरी, रेडियोलजी, पेथोलोजी, ऑखा रोग, छाला सम्बन्धी रोग, पिसाब तथा मिर्गौला सम्बन्धी रोग, नाक, कान, घॉटी सम्बन्धी रोग, बालरोग, दन्त रोग तथा फोक्सो सम्बन्धी रोगको परीक्षण गरिएको थियो।
सोसाइटीका अध्यक्ष भोलाबहादुर विष्टले आगामी दिनमा पनि यस प्रकारको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाए। दीक्षालय नेपाल फाउन्डेशनका प्रबन्ध निर्देशक चित्रकुमार दहालले स्वास्थ्य शिविर आयोजनाका लागि सोसाइटीलाई धन्यवाद दिए ।


















