काठमाडौं । एनएमबि बैंकले एमएसएमई दिवस मनाएको छ। अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिवस मनाएको हो।
कार्यक्रममा एमएसएमईका ग्राहकलाई लेखा, बित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो। यस कार्यक्रममा उपस्थित ग्राहकहरू बिच एक आपसमा सम्बन्ध जोड्न र उनीहरूको व्यवसाय प्रवर्धन गर्नको लागि बैंकले सहजीकरण गर्दै ग्राहकहरूलाई उनीहरूको व्यवसायमा आई परेको विभिन्न समस्याहरू समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलतका कथाहरू समेत सुनाएका थिए।
एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो। बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्याङ्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफ दि इयर एसिया २०२१० उपाधिबाट सम्मानित भएको बैंक हो।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हालसम्म चारपटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।


















