सक्वका राजदास पुस्तक सार्वजनिकीकरण

47

भक्तपुर । पत्रकार समाज नेपालद्वारा नेपालका प्रथम एवम् वरिष्ठ केमिकल इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक सार्वजनिकीकरण भएको छ ।
ख्वप इन्जिनियरिंग क्याम्पसमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत संयुक्त रुपमा सार्वजनिकीकरण गर्दै नेता तथा कार्यकर्ताले देश र जनताको निम्ति काम गर्नुपर्नेमा जोड दिए । उहाँले पुँजीपति दलसँग मिलेर काम गर्ने दल कसरी कम्युनिस्ट हुन्छ भनी स्पष्ट पार्नुभयो ।

वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठले देशका लागि दिएकाे याेगदानका चर्चा गर्दै उहाँकाे देशभक्ति भावना  सबैले सिक्नु पर्ने जनाए । सरकारले उहाँको अनुभव, ज्ञान र सीपकाे खासै केहि कदर नगर्नुका साथै उहाँकाे निधनले सिंगो देशलाई घाटो भएको जनाए ।
जनकवि एवं नेपालभाषा साहित्य तःमुंज्याका सल्लाहकार चन्द्रबहादुर उलकले ब इन्जिनियर राजदास श्रेष्ठ एक सच्चा देशभक्त, माक्र्सवादी सिद्धान्तमा अडिग कम्युनिस्ट समर्थक हुनुहुन्छ भन्नुभयो ।
स्रष्टा समाजका अध्यक्ष लक्ष्मण जोशीले राष्टकाे विकास गर्न   बौद्धिक व्यक्तित्वहरू आवश्यक रहेकाे चर्चा गर्दै  सरकारले  देशको लागि आवश्यक व्यक्तिहरूलाई उपयोग गर्न  नसकेकाे ध्यानाकर्षण गराए ।
लेखक योगेन्द्रमान बिजुक्छेँले राजनीतिक कार्यकर्तामा साहित्यिक चेत आवश्यक छ र साहित्यकारहरू जनतासँग सामीप्य हुनुपर्छ भन्नुभयो ।
भपनाका उपप्रमुख रजनी जोशीले हाम्राे  देशमा भएका सीमित स्रोत र साधन सदुपउपयोग गरेर देश विकास गर्नुपर्नेमा जाेड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here