बाढीपहिरोबाट ७० जनाले ज्यान गुमाए

52
पहिरो हटाएर यातायात सुचारु दमौली (तनहुँ), २२ असार ः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार बिहान खसेको पहिरा हटाइएपछि सञ्चालनमा आएको सवारीसाधन । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

काठमाडौं ।  अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त अवधिमा बाढीपहिरोको नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरोमा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here