पहिराेसँगै झरेकाे ढुंगाले लागेर बस चालककाे ज्यान गयाे

30

चितवन । चितवनमा २ वटा यात्रु बस बगाएको समयमा पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जनाए । 

शुक्रबार बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खस्दा चालक विकले ज्यान गुमाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here