सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

15

काठमाडौं । सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड बन्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी हो । तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

यसअघि आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तथा सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here