करेन्ट लागेर मृत्यु

29

सप्तरी । बोदेबर्साईन नगरपालिका-३ गौरा बस्ने जयनारायण यादवको छोरा १५ वर्षीय आदित्य कुमार यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लाईफ केयर अस्पताल बोदेबर्साईन हुँदै छिन्नमस्ता अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here