नेप्से २०.६३ अङ्कका दरले घट्याे

33

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २०.६३ अङ्क घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से परिसूचक २६६० अङ्कमा झरेको छ । तीन पटकसम्म २७०० नाघेको बजार अन्ततः घटेर बन्द भएको हो ।कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अङ्कसम्म पुगेको थियो । त्यसपछि उतारचढावका क्रममा दुई पटक २७०० अङ्क नाघे पनि माथि टिक्न सकेन ।

बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।

फाइनान्स ५६ तथा हाइड्रोपावर समूह २६ अङ्क बढे भने अरू सबै घटे । बैङ्किङ ०.६, विकास बैङ्क १४२, होटल तथा पर्यटन १९, जीवन बिमा २५२, उत्पादन १३७, माइक्रोफाइनान्स २०६, निर्जीवन बिमा १४०, अन्य ०.५६ र व्यापार १७६ अङ्कले  ओरालो लागेको छ ।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ८.५, बाराही हाइड्रोपावरको ६.८, जानाकी फाइनान्सको ६.८ तथा गणपति लघुवित्तको ६.५ प्रतिशत मूल्य बढ्यो । आरम्भ चौतारी लघुवित्तको मूल्य ८.३, बोटलर्स नेपाल बालाजुको ७.९, अभियान लघुवित्तको ६.८, गुराँस लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, कुमारी बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, प्रभु बैङ्क र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here