टीआरसी विधेयक पारितबिरूद्व क्रान्तिकारी कम्युनिस्ट पार्टीले ५ बुँदेमा असहमति

40

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले ५ बुँदे असहमति जाहेर गरेको छ।

लामो समयदेखि विचाराधीन रहेको टीआरसी विधेयक संसदबाट पारित गरिनु सकारात्मक भए पनि त्यस सन्दर्भका केही महत्त्वपूर्ण विषयमा पार्टीको विरोध तथा असहमति गरेको प्रवक्ता हेमन्तप्रकाश ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विधेयक निर्माण गर्ने प्रक्रियामा आफ्नो पार्टी लगायत सम्बन्धित सबै सरोकारवालाहरूसित आवश्यक विचार विमर्श नगर्नु तथा राय सुझाव नलिनु गम्भीर गल्ती भएको विज्ञप्तिमा उल्लेख छ।

यस्तै विधेयकबारे निर्णय लिने प्रक्रियामा संसदमा पनि छलफल बहस नचलाइनु र रहस्यमय तरिकाले पारित गरिनुभित्र गम्भीर षडयन्त्र लुकेको पार्टीले जनाएको छ। ‘यो विधेयक अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको छ र यसलाई द्वन्द्वकालीन घटना विशेषका रूपमा लिनुभन्दा पनि सामान्य प्रकारका घटनाका रूपमा लिइएको छ’, विज्ञप्तिमा भनिएको छ।

उक्त प्रकारको विरोध तथा असहमतिका बिच पारित हुन भइसकेको विधेयकलाई विवेकसम्मत तथा न्यायपूर्ण ढङ्गले प्रयोगमा ल्याइयोस् ल्याइनुपर्ने भन्दै विज्ञप्तिमा राज्यसत्ताको यो षडयन्त्रपूर्ण रवैयाप्रति सजग रहन समेत आह्वान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here