कोटीहोम महायज्ञ दलितहरूका लागि ऐतिहासिक बन्यो

52

काठमाडौं । यो साल साउन महिनाभर पशुपतिमा आयोजित भव्य कोटीहोम महायज्ञ लाखौं हिन्दु भक्तजनहरूका निम्ति एउटा विशेष आस्था र गौरवको केन्द्र त थियो नै, समस्त दलितहरूका लागि पनि ऐतिहासिक बन्यो।

जुनसुकै आस्था र विचारका दलितले पनि यो सत्य आत्मसात गरेका छन्, गर्नुपर्छ। उक्त धार्मिक कुम्भभेला दलित आन्दोलनको एउटा कोशेढुंगो बनेको छ।

बिक्रम सम्वत् २०११ असारमा ठूलै संघर्षद्वारा पशुपति मन्दिर प्रवेश गरी सामूहिक पूजा गरेको दलित आन्दोलनले पशुपतिमै फेरि अर्को छलाङ मारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here