आजबाट बुद्ध एयर ‘एटीआर–४२’ काे उडान बन्द

40

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर–४२ (नाइन एन एआईएन) विमानलाई व्यावसायिक उडानबाट बिदाइ गरेको छ । नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको ४७ सिट क्षमताको उक्त विमानलाई बुद्ध एयरले बिदाइ गरेको हो ।

२००८ सेप्टेम्बर १७ भित्रिएको सो जहाजले माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरू गरेको थियो । विमान मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको थियो । ७० हजार उडान साइकल पूरा गरेपछि व्यावसायिक उडान भर्न नपाउने एटीआरको नियमअनुसार यो विमानलाई आजबाट उडान बन्द गरिएको बुद्ध एयरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here