विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको दश प्रतिशत रकम फिर्ता पाउने

38

काठमाडाैैं । अब कुनै पनि नागरिकले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको दश प्रतिशत रकम फिर्ता पाउने भएका छन्। उपभाेक्ताले याे सेवा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुरेन्ट) र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस व्यवसायहरुबाट पाउने छन्।

साेमबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कुनै पनि उपभाेक्ताले खरिदको मूल्यकाे विद्युतीय माध्यमबाट भुक्तानी गरेमा नगद प्रोत्साहन स्वरुप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने जानकारी दिएकाे हाे।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (१ख) अनुसार याे निर्णय गरिएकाे विभागले जनाएकाे छ।

उपभाेक्ताले डेबिट/क्रेडिट कार्ड, क्यू. आर. कोड, मोबाइलजस्ता माध्यमबाट भुक्तानी गर्न सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here