चित्कार्था……

55

प्रशान्त महासागर

तीर्थ र तीर्थ
मरि रहे
सडेको हेरि रहे ।

जलाउन लगेको लास देखेर
आजभोली
ब्रम्हनाल पनि रोइ रहे
ठाउँ आस्थाको दिन नसकी
भन्न थाले : छट्पटी रहें ।
पुर्खाको संस्कार
सम्पदा जोगाउन गाह्रो भो
भएको नासी माग्ने रहर भो
पर्व, बैरी खोज्ने दिन भो
कताकता
भाषा पनि कमाउने खेल भो
रे
स्वार्थहीन प्राणी स्वार्थमा
डुब्यो रे
मन्दिर मस्जिद गुठीको जग्गा
बेचबिखनमा जुट्यो रे
राजनीतिको आक्रोश
भारदारमा पोख्यो रे
शब्द स्वरको हत्यामा
समुदाय फस्यो रे…….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here