काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।
उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु भेला भएको जनाइएको छ ।

















