विश्व शान्तिका लागि वृक्षारोपण कार्यक्रम

7

 

नवलपरासी । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाएसँगै पश्चिम नवलपरासीमा पनि विश्व शान्तिको संदेश दिँदै वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

अन्तरास्ट्रिय शान्ति  दिवसको अवसर पारी  सुनवल सामुदायिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल, नवलपरासी क्लष्टरको साझेदारी तथा पाल्हिनन्दन गाउँपालिकाको सहकार्यमा सञ्चालित घरेलु हिंसा न्यूनीकरणका लागि सामुदायिक मेलमिलाप तथा संवाद परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

सुनवल सामुदायिक विकास केन्द्रका अध्यक्ष सपना अधिकारीको अध्यक्षता तथा नवलपरासी जिल्ला समन्वय समितिका प्रमुख भगवती यादव(रुदल) को प्रमुख अतिथिक्तामा नया बन्दै गरेको जिल्ला समन्वय समिति नवलपरासी,परासीको परिसरमा सम्पन्न भएको हो।

जिल्ला समन्वय समिति नवलपरासी परासीको परिसरमा
Radermahera १० पिस , Rapish Palm १६ पिस ,
Ophiopogon Jaburan १०० पिस , Wodyetis Bifurcata 24 पिस ,Triangular Palm ८ गरी कुल ४९ हजार ८ सयको बिरुवा रोपिएको परियोजनाको संयोजक कृष्ण पाण्डेले बताए।

कार्यक्रममा बोल्दै प्रमुख यादवले विश्व शान्ति नेपालको सन्दर्भमा सरकार र तत्कालिन नेकपा (माओवादी) बीच २०६३ साल मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि शान्ति प्रक्रियाको शुरुवात भई नयाँ संविधान लेखन कार्य अगाडि बढेको बताए । उन भने यस राजनीतिक घटनाक्रमको परिणाम स्वरुप मुलुकमा एक दशकभन्दा लामो समयदेखि सशस्त्र द्वन्द्वको विधिवत अन्त्य भई दिगो शान्ति स्थापना र सामाजिक-आर्थिक रुपान्तरणमा महत्वपुर्ण योगदान पुगेको छ। यसकै लागि यस वृक्षारोपण गरिएको हरेक बिरुवाले शान्तिको संदेश दिने बताए।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।यस वर्षको विश्व शान्ति दिवसको नारा “कल्टवेटिङ अ कल्चर अफ पिस (Cultivating a Culture of Peace) ” रहेको छ रहेको छ ।

कार्यक्रम सहभागी रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, बर्दघाट नगरपालिकाका प्रमुख सम्भु श्रेष्ठ, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल,पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दीपक),
सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष वासमती हरिजन, युनाइटेड मिसन टु नेपालका परियोजना व्यवस्थापक रामशरण श्रेष्ठ, पाल्हीनन्दन अन्तर धार्मिक शान्ति सञ्जालका संयोजक श्रीकान्त मिश्र लगायतले विश्व शान्तिका लागि विश्वमा भइ रहेको सम्पूर्ण युद्दहरु बन्द गरी शान्तिको वातावरण सृजना गर्न,धार्मिक सहिष्णुता तथा आ-आपसी सद्भाव सँगै घरेलु हिंसा अन्त्यका लागि वृक्षारोपण गरिएका बिरुवाहरुले संदेश प्रवाह गरून् भनी शुभकामना व्यक्त गरेका थिए।

आजको कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो भने हिजो यसै संस्था र परियोजना अन्तर्गत पाल्हीनन्दन १ मा गरिएको पुर्वसन्ध्यामा प्रभातफेरि कार्यक्रम ८१ र  पाल्हीनन्दन ४ मा गरिएको र्याली कार्यक्रम ६१ जनाको सहभागिता रहेको परियोजनाका संयोजक कृष्ण पाण्डेले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here