चट्याङ लागेर मृत्यु

27

मोरङ । रंगेली नगरपालिका-९ धन्झुवा बस्ने २८ वर्षीया साक्रो हेमरमको चट्याङ लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घर नजिकै धान खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

साथै चट्याङ लागेर घाइते भएकी १ जनाको रंगेली अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here