वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता

40

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार अब बिश्वका जुनसुकै देशहरुमा रहेका नेपालीहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । दराजमा रहेका ग्राहकहरूले पनि यो सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरेका थिए । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here