सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारेर ‘दशैँ दुई गुणा रिवाड अफर’ सार्वजनिक

21

काठमाडौं ।  सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारेर ‘दशैँ दुई गुणा रिवाड अफर’ सार्वजनिक गरेको छ। शुक्रबारदेखि सुरु भएको यस अफरमा ग्राहकले यही असोज ३० गतेसम्म कार्ड वा मोबाइल बैङ्किङ कारोबार गर्दा दुई गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन्।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी र मोबाइल बैङ्किङ बाट गरेको टपअपको आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाईन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्नेछन्। 

यसरी प्राप्त भएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। यो अफरमार्फत ग्राहकहरूलाई डिजिटल कारोबारको लाभ मात्र नभई, उनीहरूको बैंकप्रतिको विश्वासलाई अझ बलियो बनाउने बैंकले विश्वास लिएकाे छ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here