यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ । भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिब ६ सय किलोमिटर दूरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिब ४ हजार ५५१ किलोमिटरसम्म उचाइ भएको कुन्जुम पाससमेत राइडरहरूले पार गरेका थिए ।
एक कार्यक्रमका बीच हिमालयन एक्स्ट्रिम मोटर स्पोर्ट्सका चिफ तथा १२ पटकसम्मका रेड डी हिमालय तथा अन्य धेरै (र्याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे । राइडर साहले नेपालीको पहिचान ढाका टोपी र राष्ट्रिय झण्डा साथमा लिएर ट्रफी ग्रहण गरेका थिए ।
विश्व मोटरसाइकल फेडरेसन (एफआईएम)सँग आबद्ध भारतको संस्था फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईका विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । यो प्रतिस्पर्धामा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिएको हो ।


















